Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन

उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन


  • 1.9K
    Shares

    उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको बताएका छन् ।

    आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अहिले नै सरकारमा जाने अवस्थामा नरहेको बताएका छन् ।

    यादवले सत्ता गठबन्धनलाई समर्थन गरेको अवस्थामा सरकारमा जान कुनै बार्गेनिङ नगरेको पत्रकारहरूलाई बताए ।आफ्ना पार्टी र आफूविरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर पनि उनले गरेका छन् ।अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसद्‍को कार्यसूचीमा आउनेबित्तिकै आवश्यक निर्णय लिइने बताए ।

    अध्यादेशबारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत उनले बताए । यादवले सरकारले ल्याएको अध्यादेशबारे पार्टीले धारणा बनाइरहेको बताएका छन् । पार्टीले धारणा बनाउँदै गरेको बताउँदै उनले अध्यादेशप्रति सकारात्मक रहेको जवाफ दिए ।

    ‘देश र जनताको पक्षमा निर्णय लिन्छौँ । अध्यादेश हामीले अड्काएको होइन,’ उनले भने, ‘हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो ।’

    उनले यसपहिले खबरहबसँगको कुराकानीमा आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताएका थिए । तर उनले शनिबार निर्णय लिने बताए पनि अझै अनिर्णित अवस्थामा छन् ।

    प्रतिनिधिसभाबाट अध्यादेश सजिलै पारित हुन्छ । तर राष्ट्रियसभामा जसपाको तीन सिटको साथ मिले मात्रै अध्यादेश पास हुने अवस्था छ । त्यहीकारण फेल हुने डरले अध्यादेश संघीय संसद्‍का दुवै सदनमा पेश गरिएको छैन ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १७:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij