Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज पनि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज पनि ३० अर्ब खिच्दै राष्ट्र बैंक


  • 2.0K
    Shares

    • images
    आज पनि ३० अर्ब खिच्दै राष्ट्र बैंक
    images

    काठमाडौं । तरलता व्यवस्थापनका लागि आज पनि नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ ।

    केन्द्रिय बैंकले थप ३० अर्ब रुपैयाँ तान्ने भएको हो । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।

    राष्ट्र बैंकले आजै अर्थात् माघ २७ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

    बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १६:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij