Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नेसपा (नयाँ शक्ति) प्रथम महाधिवेशन

बाबुरामको कटाक्ष : तीनवटा टाउका मिलेर ३० वर्षसम्म देशलाई ठगेर खाए

बाबुरामको कटाक्ष : तीनवटा टाउका मिलेर ३० वर्षसम्म देशलाई ठगेर खाए


  • 1.9K
    Shares

    बाबुरामको  कटाक्ष : तीनवटा टाउका मिलेर ३० वर्षसम्म देशलाई ठगेर खाए
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।

    आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।

    सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

    ‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने । साथै, उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।

    ‘हामीले समस्याको समाधान के रु समाधान पहिचान गर्नुपर्‍यो भनेर वास्तविक चर्चा गरेका छौं । थुप्रै समस्या छन् नेपालमा रु नेपाल किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकास, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या हो,’ भट्टराईले भने ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १५:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij