Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आवासीय चिकित्सकहरूको निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न आयोगको पत्राचार

आवासीय चिकित्सकहरूको निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न आयोगको पत्राचार


  • 1.4K
    Shares

    आवासीय चिकित्सकहरूको निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न आयोगको पत्राचार

     काठमाडौं । आवासीय चिकित्सकहरूको निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न  चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालयहरू र अन्तर्गतका सम्बन्धन प्राप्त निजी शिक्षण संस्थाहरूलाई  चिकित्सा शिक्षा आयोगले पत्राचार गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको आयोगको सोह्रौँ बैठकमा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धमा निर्देशन दिने निर्णय भएको थियो । निजी मेडिकल कलेजहरूमा स्नातकोत्तर तहको अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई  सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । 

    विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने । 

    सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको निर्वाह भत्ता मासिक ४८ हजार सात सय रुपैयाँ कायम गरिएको छ ।

     

    प्रकाशित मिति :माघ २६ २०८१ शनिवार - १४:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij