Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको मौसम

आज यी ४ प्रदेशमा छ हल्का हिमपात, कस्तो होला देशभरको मौसम ?

आज यी ४ प्रदेशमा छ हल्का हिमपात, कस्तो होला देशभरको मौसम ?


  • 1.4K
    Shares

    आज यी ४ प्रदेशमा छ हल्का हिमपात, कस्तो होला देशभरको मौसम ?

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    यतिबेला (शनिबार बिहान) कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

    1_J9sNsZSARk.png

    प्रकाशित मिति :माघ २६ २०८१ शनिवार - ०८:४२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij