२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध हिंसाकै अर्को रूप भएको बताएका छन्।
बिहीबार अछाम पुगेका ‘जनयुद्ध’ का पूर्व सैन्य कमान्डरसमेत रहेका बादलले 'जनयुद्ध'लाई हिंसा भएको बताएका हुन्।
एमाले सांसद योगेश भट्टराईले 'जनयुद्ध'लाई हिंसाभन्दा माओवादी केन्द्रका सांसद राजन दाहाल लगायतले संसदमै प्रतिवाद गरेका थिए। माओवादीले संसदको अभिलेखबाटै हटाउन माग गरेर विरोध जनाएका थिए।
नेकपा विघटनका बेला एमालेमै रहेका उपाध्यक्ष बादलले अछाम पुगेर बिहीबार अर्थपूर्ण अभिव्यक्ति दिएका छन्।
त्यहाँ ‘तपाईंका अध्यक्ष (केपी शर्मा ओली) ले जनयुद्धलाई हिंसा भन्दै आउनुभएको छ नि!’ भन्दै पत्रकारले प्रश्न सोधेका थिए।
उपाध्यक्ष बादलले अध्यक्ष ओलीको अभिव्यक्तिलाई आपत्तिका रूपमा नलिने बताएका थिए।
‘जनयुद्ध भनेको हिंसा नै हो। जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेकै हिंसा हो। हिंसा भनेको फरक पाटो हो, त्यहाँ मर्न र मार्ने हुन्छ। त्यसकारण अहिले हाम्रो अध्यक्षले भनेकोमा मेरो कुनै आपत्ति छैन। त्यो कुरालाई माओवादीले पनि मान्छ। अथवा मार्क्सवादीहरू, सबै क्रान्तिकारीहरूले कि युद्धद्वारा पनि समस्याको समाधान गर्नुपर्छ, किनभने युद्ध भनेको, हिंसा भनेको, हिंसा भनेको वर्गसंघर्ष हो। अथवा संघर्षको सर्वोच्च रूप हो,’ उनले भने।
उनले हिंसा वर्गसंघर्षको उच्चतम् अभिव्यक्ति भएकोसमेत बताएका थिए। वर्गसंघर्ष शान्तिपूर्ण, अहिंसात्मक, अभिव्यक्तिद्वारा पनि हुने बताएका थिए।
‘वर्ग संघर्षको अन्तिम अभिव्यक्ति हो युद्ध, वर्गसंघर्ष शान्तिपूर्ण ढंगले पनि हुन्छ। हिंसा हुँदैन, मार्नेभन्न हुँदैन, वाक्युद्ध पनि हुन्छ,’ उनले भनेका थिए।
माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म सञ्चालन गरेको 'जनयुद्ध' लाई एमाले नेताहरूले हिंसा र व्यक्ति हत्याको शृंखला भन्दै आएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij