२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर आफूमाथि लागेको आरोप असत्य रहेको बताएका छन् ।
प्रतिनिधि सभाको जारी बैठकमा उठेका प्रश्नको उत्तर दिँदै उनले तथ्यलाई तोडमोरड गर्ने कुरा ठीक नभएको बताए ।
“समाचार थाहा पाउने बित्तिकै नेपाल प्रहरीले सम्पूर्ण तथ्य सार्वजनिक गरिसकेको । कतै त्रुटी भए छानविन गरी कारवाही गरिने छ,’ उनले भने ।
‘गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्ने कुरा सरासर कपोलकल्पित हो। नेपाल प्रहरीलाई निर्देशन दिएको छु । यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।
अगाडि उनले भने, ‘नेहा र सत्येन्द्र उहाँहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ। उहाँहरूको जीवनमा कुनै प्रतिकूलता पर्न दिइइने छैन । पीडितहरूलाई भएको क्षतितर्फ पनि ध्यान आकृष्ट भएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij