Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

संसद् बैठक 

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने, छानबिन सुरू होस्

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने, छानबिन सुरू होस्


  • 1.9K
    Shares

    शेरा दरबारमा मेरो नाम जोडिन्छ भने, छानबिन सुरू होस्
    images

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारमा आफ्नो संलग्नता छ भने तत्काल छानबिन गर्न माग गरेका छन्।

    बिहीबार बसेको संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'शेरा दरबारमा मेरो पहिला छानबिन होस्। कहिलेकाहीँ क्यान्टोनमेन्टको रकम दुरुपयोगमा पनि नाम जोडिएको छ। छानबिन होस्। मैबाट सुरु होस्।’

    नुवाकोटको शेरा दरबारमा प्रधानमन्त्री र गृहमन्त्रीले चासो दिएको कुरा आफूलाई जानकारी भएको पनि बताए।

    'अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ,' उनले भने, 'सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डल? म आज वाइडबडीको कुरा गर्दिनँ। गिरिबन्धु, यती र ओम्नीको पनि चर्चा गर्दिनँ। तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन मबाट सुरु गरौँ।'

     

    प्रकाशित मिति :माघ २४ २०८१ बिहिवार - १५:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij