२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले सदनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खोजी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सदनमा प्रतिपक्षीको दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने व्यवस्था सम्झाए ।
प्रचण्डले कांग्रेस सभापति देउवाको पनि खोजी गरे । “सायद, प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहोला भन्ने सोचेको थिएँ, अहिलेसम्म आउनुभएको छैन । आशा गर्छु, उहाँ केही समयपछि आउनुहुनेछ,” उनले भने ।
कारणवश आउन नसके पनि आफ्नो मत सुन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले माघ १८ गतेको बैठकमा आफूलाई सम्बोधनको सुरुमा दिएको कपी अध्योपान्त पढेको पनि सुनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij