२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न बनेको कार्यदल प्रतिवेदन बुझाएको छ । संसदीय दलको बैठकमा कार्यदलका अध्यक्ष राजकिशोर यादवले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएका हुन् ।
दलको कार्यालय सिंहदरबारमा जारी संसदीय दलको बैठकले सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।
यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवाला सहितसँगको छलफल गरेको थियो। उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै पार्टीले उपयुक्त निर्णय लिने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij