२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयले चालु आवको छ महिनाको अवधिमा मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख, औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख, आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ।
छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij