Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

आज पनि जसपा नेपालले अध्यादेशबारे छलफल गर्दै

आज पनि जसपा नेपालले अध्यादेशबारे छलफल गर्दै


  • 1.6K
    Shares

    आज पनि जसपा नेपालले अध्यादेशबारे छलफल गर्दै
    images

    काठमाडौं । अध्यादेशको बारेमा अध्ययन गर्न जनता समाजवादी पार्टी नेपालले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलको बैठक सिंहदरबारस्थित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको कार्यकक्षमा बस्न लागेको हो । कार्यदलले विज्ञहरूलाई बोलाएर नै त्यस विषयमा छलफल गरेको छ ।

    हिजो पनि कार्यदलको बैठक बसेको थियो । सो बैठकमा भूमि सम्बन्धी अध्यादेशको बारेमा छलफल भएको थियो । पाँच वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश पूर्वाग्रही रहेको जसपा नेपालले जनाएको छ ।
     
    हिजो बसेको बैठकले सो अध्यादेशको हरेक दफाको बारेमा छलफल गरेको थियो । यो अध्यादेश लागू भयो भने वन जङ्गल फडानी हुनुको साथै अवैध बसोबासमा अत्यधिक हुने जसपा नेपालले ठहर गरेको छ । कार्यदलका सदस्य शैलेन्द्र साहले यो अध्यादेश तराई मधेसको हितमा छँदै छैन, यो अध्यादेश लागू भयो भने चुरे वन फडानी हुनुको साथै अव्यवस्थित बसाइँसराइमा वृद्धि हुने बताए ।

    यो अध्यादेशमा व्यापक संशोधन अथवा खारेज नै गर्नुपर्ने अवस्था देखिएको बताउँदै उनले आज पनि यस अध्यादेशको बारेमा छलफल भइरहेको छ, साँझसम्म केही निष्कर्ष निस्किने बताए ।

    प्रकाशित मिति :माघ २३ २०८१ बुधवार - १४:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij