Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ५को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ५को मृत्यु


  • 9.1K
    Shares

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि,  ५को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो । 

    यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन् । यसअघि सोमबार ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए ।  

    गत २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ । गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन् । 

    गत २४ घण्टामा १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २ सय १ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १६:४७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij