Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको मौसम

आज यी २ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज यी २ प्रदेशमा वर्षा र हिमपातको सम्भावना


  • 1.5K
    Shares

    आज यी २ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।  तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टाको अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’

    1_8lx7NG08HF.jpg

    प्रकाशित मिति :माघ २२ २०८१ मंगलवार - ०७:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij