Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बैंकहरुले ६ महिनामा गरे २३ अर्ब लगानी, एक करोडमाथिको ऋण ३५% बढ्यो

बैंकहरुले ६ महिनामा गरे २३ अर्ब लगानी, एक करोडमाथिको ऋण ३५% बढ्यो


  • 1.4K
    Shares

    • images
    बैंकहरुले ६ महिनामा गरे २३ अर्ब लगानी, एक करोडमाथिको ऋण ३५% बढ्यो
    images

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरुबाट थप २३ अर्ब ६८ करोड रुपैयाँ शेयर बजारमा भित्रिएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकहरुबाट १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। 

    करिब २४ अर्बले सेयर धितो कर्जामा वृद्धि हुँदा साढे १९ अर्ब भन्दा बढी कर्जा १ करोडभन्दा माथिको रहेको छ । गत असार मसान्तमा १ करोड भन्दा ठुलो सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा पुस मसान्तमा आउँदा ७५ अर्ब ४४ करोड २४ लाख पुगेको छ । यो रेन्जको कर्जाको माग ३४.९ प्रतिशतले बढेको हो ।

    ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब २८ करोड १९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब १४ करोड ४७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ गएको छ।

     

    प्रकाशित मिति :माघ २१ २०८१ सोमवार - १४:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij