२०८२ माघ १० गते शनिवार
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।
यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। गत साताका केहीदिन घटेको अमेरिकी डलरको मूल्य साताको अन्त्यतिर पुनः बढेर उच्च बनेको हो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij