२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले नाफामा उल्लेख्य सुधार गरेको छ । ६ महिनामै कम्पनीले १४ करोड बढी नाफा आर्जन गरेको हो ।
कम्पनीले आइतबार निष्कासन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । समिक्षा अवधिमा कम्पनीले १४ करोड २८ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
६ महिनामा कम्पनीले ४३ करोड ६७ लाख १२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन गत आवको तुलनामा भने १५३.८३ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्म भने १७ करोड २० लाख रुपैयाँ बराबरको मात्रै विद्युत बिक्री गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij