Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदी अरबमा सवारी दुर्घटनामा तीन जना नेपालीको मृत्यु

साउदी अरबमा सवारी दुर्घटनामा तीन जना नेपालीको मृत्यु


  • 4.5K
    Shares

    साउदी अरबमा सवारी दुर्घटनामा तीन जना नेपालीको मृत्यु

    काठमाडौं । साउदी अरबमा सवारी दुर्घटनामा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । देशको पश्चिममा पर्ने जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

    जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर रानाको मृत्यु भएको छ । उनीहरूको नेपालस्थित घर खुलाइएको छैन ।

    दुर्घटनामा १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली रहेको पछि थाहा भएको हो । ९ जना भारतीय र ३ जना घानाका नागरिकको पनि ज्यान गएको छ । एक जना नेपाली घाइते भएका छन् ।

    जिजानबाट कामदार लिएर कार्यस्थलतर्फ जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :माघ १९ २०८१ शनिवार - ०८:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij