२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । ६ महिनाको अवधिमा नेपालमा १६ अर्बभन्दा मोबाइल फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनासम्ममा १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार भन्सार मूल्यका ११ लाख ११ हजार ५५६ वटा मोबाइल भित्रिएका छन् । ।
सोहि अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ । उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij