Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

माघ २४ गते समाजवादी मोर्चाले काठमाडौंमा वृहत् आमसभा गर्ने

माघ २४ गते समाजवादी मोर्चाले काठमाडौंमा वृहत् आमसभा गर्ने


  • 2.0K
    Shares

    माघ २४ गते समाजवादी मोर्चाले काठमाडौंमा वृहत् आमसभा गर्ने
    images

    काठमाडौं । विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । 

    नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

     यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए । 

    ‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, माघ २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, उनले भने । 

    यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए । 

    तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ । 

    पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउनेबारे छलफल भएको उनले जिकिर गरे ।

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - १७:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij