Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

स्थायी बसोबासका लागि विदेशिनेको संख्या बढ्यो, एक वर्षमा ६६ हजार ८३५ जनाले छाडे देश

स्थायी बसोबासका लागि विदेशिनेको संख्या बढ्यो, एक वर्षमा ६६ हजार ८३५ जनाले छाडे देश


  • 2.9K
    Shares

    स्थायी बसोबासका लागि विदेशिनेको संख्या बढ्यो, एक वर्षमा ६६ हजार ८३५ जनाले छाडे देश

    काठमाडौं । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि ९सन् २०२४० मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् ।

    अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।

    जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजीमा विदेशिनेको रहेको छ ।

    स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रूपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।

    यस पटक सो संख्या ६६ हजारमा झरेको देखिन्छ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाले देश छाडेको विभागले जनाएको छ ।

    विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजीमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।

    अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली बिदेसिएको विभागको तथ्यांकमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना बिदेसिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - १५:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij