२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । आज देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ८ जना संक्रमितको मृत्यु भइसकेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij