Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

२० वाणिज्य बैङ्कहरूले ६ महिनामा ४८ खर्ब कर्जा लगानी

२० वाणिज्य बैङ्कहरूले ६ महिनामा ४८ खर्ब कर्जा लगानी


  • 1.4K
    Shares

    • images
    २० वाणिज्य बैङ्कहरूले ६ महिनामा ४८ खर्ब कर्जा लगानी
    images

    काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूको चालु आवको ६ महिनामा कर्जा लगानी ४८ खर्ब नाघेको छ ।

    नेपाल बैंक र सङ्घका अनुसार साउनदेखि पुषमसान्तसम्ममा बैङ्कहरूले कर्जा प्रवाह ७ दशमलव ०६ प्रतिशतले वृद्धि गरेका हुन् । गत वर्षको सोही अवधिमा बैङ्कहरूले ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थिए । यस वर्ष भने ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी भएको सङ्घले जनाएको छ।

    सबैभन्दा बढी कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैङ्क पहिलो स्थानमा रहेको छ । समीक्षा अवधिमा ३ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    नबिलले ४ खर्ब ९ अर्ब ११ करोड ,एभरेस्ट बैङ्कले  २ खर्ब १७ अर्ब रुपैयाँ, एडीबी २ खर्ब ६ अर्ब, सानिमा १ खर्ब ७४ अर्ब, सिटिजन्स १ खर्ब ६६ अर्ब, नेपाल एसबीआई १ खर्ब ३९ अर्ब र माछापुच्छ्रे १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

    नेपाल बैङ्कले २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ, एनआईएमबीले ३ खर्ब ५५ अर्ब, कुमारीले ३ खर्ब ५ अर्ब, आरबीबीले २ खर्ब ८४ अर्ब, लक्ष्मी सनराइज्‌ले २ खर्ब ७८ अर्ब, एनएमबी २ खर्ब २९ अर्ब, सिद्धार्थले २ खर्ब १६ अर्ब, प्राइमले २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

    प्रकाशित मिति :माघ १५ २०८१ मंगलवार - १३:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij