Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

संसदीय दलको बैठक

कांग्रेस संसदीय दलको बैठक जारी, अध्यादेशमाथि छलफल

कांग्रेस संसदीय दलको बैठक जारी, अध्यादेशमाथि छलफल


  • 1.4K
    Shares

    कांग्रेस संसदीय दलको बैठक जारी, अध्यादेशमाथि छलफल
    images

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । १८ माघमा संसदको अधिवेशन सुरु हुने भएकाले अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    हालै सरकारले पाँचवटा अध्यादेश ल्याएको विषयमा कांग्रेसभित्रै विरोध भइरहेकाले सो विषयमा एकमत बनाउन संसदीय दलको बैठक बसेको कांग्रेस नेताहरूले बताएका छन् । आइतबार बैठकमा सबै सांसदहरूलाई अध्यादेशको कपी बाँडेर छलफल सुरु गरिएको छ ।

    यसअघि शनिबार सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र मन्त्रीहरूबीच पनि अध्यादेशबारे छलफल भएको थियो । बैठकमा देउवाले अध्यादेशको विरोध नगर्न निर्देशन दिएका थिए । 

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - १६:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij