Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो बैठक सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो बैठक सम्बोधन गर्ने


  • 1.6K
    Shares

    प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो बैठक सम्बोधन  गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्ने भएका छन्।  

    आइतबार सभामुख देवराज  घिमिरेसँग भएको सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफल पछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

    पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी दिनमा हाउस अत्यन्त प्रभावकारी हुनेगरी अगाडि बढ्नेछ। हाउसले प्राप्त गर्ने बिजनेसहरूमा कुनै कमी नहुने गरी तयारी भइरहेको छ।

    उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको उनले जानकारी दिए। संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकअघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ ।

    त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - १४:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij