Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

जिम्बावेमा वर्षाका कारण २४ जनाको मृत्यु

जिम्बावेमा वर्षाका कारण २४ जनाको मृत्यु


  • 1.5K
    Shares

    जिम्बावेमा वर्षाका कारण २४ जनाको मृत्यु
    images

    जिम्बाब्वेमा गत अक्टोबरदेखि वर्षाको कारण कूल २४ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको देशको नागरिक सुरक्षा विभाग (डीसीपी) ले जनाएको छ।

    भारी वर्षाले विद्यालय, स्वास्थ्य सुविधा, सडक, पुल, बाँध, बिजुलीका खम्बा र सिँचाइ योजनालगायतका महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएको डिसीपीले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

    अक्टोबरदेखि अहिलेसम्म ९८३ घरधुरी, १२९ विद्यालय र १३ स्वास्थ्य संस्थामा क्षति पुगेको डीसीपीले जनाएको छ।

    साथै, भारी वर्षाका कारण प्रहरी चौकी, राष्ट्रिय परिचयपत्र जारी गर्ने सरकारी भवन र औद्योगिक भवनलगायत ४२ वटा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको डीसीपीले बताए।

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - ०८:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij