२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो।
माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो। सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ।
यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो। देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij