Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अमेरिकी डलर र दिनार बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

अमेरिकी डलर र दिनार बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?


  • 1.4K
    Shares

    अमेरिकी डलर र दिनार बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको मूल्य हिजो बढेको थियो। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ६४ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४२ पैसा थियो। 

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६८ र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-01-24_044349_9dWDi0GcQK.png

    प्रकाशित मिति :माघ ११ २०८१ शुक्रवार - ०७:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij