Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रेलबाट हामफाल्दा महाराष्ट्रमा तीन नेपालीसहित १२ जनाको मृत्यु

रेलबाट हामफाल्दा महाराष्ट्रमा तीन नेपालीसहित १२ जनाको मृत्यु


  • 3.9K
    Shares

    रेलबाट हामफाल्दा महाराष्ट्रमा तीन नेपालीसहित १२ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको महाराष्ट्रमा रेलमा आगो लागेको अफवाहपछि हाम फाल्दा तीन नेपाली नागरिक सहित १२ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्।

    रेलमा आगो लागेको अफवाहपछि चेन तानिएको र रोकिएपछि ट्र्याकमा हामफाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

    मृतक १२ जनामध्ये सात जनाको पहिचान भइसकेको छ। जसमा तीन जना उनीहरूलाई नन्दराम विश्वकर्मा, लच्छीराम पासी र कमला नवीन भण्डारी नेपालको रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै  भास्कर दैनिकले लेखेको छ।

    भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि केही यात्रु रेलबाट ओर्लिएको’ बताएका छन्।

    ‘त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो’, प्रवक्ताले भने।

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - ०८:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij