२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसद्मा प्रतिरक्षा गर्न आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञहरू समेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रस्ट पार्दै सांसदहरूलाई प्रशिक्षण दिएको हो ।
सरकारले ल्याएको अध्यादेशको महत्त्वका बारेमा सांसदहरूलाई जानकारी गराएको र सदनमा थप सशक्त रूपमा धारणा राख्ने गरी अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याए पनि विपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदलाई अध्यादेशका बारेमा जानकारी गराइएको उनले बताए ।
संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेस गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रूपमा अघि बढाउन सरकारलाई सुुझाव समेत दिइएको प्रमुख सचेतक बर्तौलाले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij