Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गोरखाको जराङ खोलामा मोटरेबल पुल शिलन्यास

गोरखाको जराङ खोलामा मोटरेबल पुल शिलन्यास


  • 5.0K
    Shares

    गोरखाको जराङ खोलामा मोटरेबल पुल शिलन्यास

    काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिका – १ र बारपाक सुलिकोट गाउँपालिका – ८ जोड्ने जराङ खोलामा मोटरेबल पुलको शिलन्यास गरिएको छ । भिमसेनथापा गाउँपालिका वडा नम्बर – १ का वडाध्यक्ष विकास बाबु श्रेष्ठले उक्त मोटरेबल पुलको शिलन्यास गरेका हुन् ।

    गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय गोरखाले  २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँ  ठेक्का सम्झौता गरि दुई पालिका जोड्ने मोटरेबल पुल निर्माण गर्न लागेको हो ।

    उक्त निर्माण हुन लागेको मोटरेबल पुल २० मिटर लम्बाई र ८.४० मिटर चौडाइ लामो सिङ्गल स्पाम आरसिसि प्रबिधिको हुने निर्माण कम्पनी एच एम सेट स्क्यार जेभीले जनाएको छ ।

    सो मोटरेबल पुल निर्माणका लागि एच एम सेट स्क्यार जेभीसँग २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँमा गत २०८० साल चैत २७ गते ठेक्का सम्झौता भएको थियो ।

    पुल निर्माणसँगै भिमसेनथापा गाउँपालिका – १ र बारपाक सुलीकोट गाउँपालिका – ८ नम्बर वडाका स्थानीय बासिन्दालाई मसेल – ताल खोला – जराङबेशी – बारपाक सुलिकोटको ताकुकोट सडक १२ महिना सवारी साधन आवतजावतमा सहज हुने भिमसेनथापा गाउँपालिका वडा नम्बर– १ का वडाध्यक्ष विकास बाबु श्रेष्ठले बताए ।

    उक्त जराङ खोलामा मोटरेबल पुल २०८२ साल असोज २६ गते  अर्थात (२३ महिना) मा सम्पन्न गर्नु पर्ने उल्लेख छ । 

    प्रकाशित मिति :माघ ९ २०८१ बुधवार - १४:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij