२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं। लोकदोहोरी गायिका बबिता बानियाले महायज्ञमा कथा वाचन गर्ने भएकी छन्। लाइभ दोहोरीमा जमेकी उनले आफूलाई कथाबाचकको रुपमा ‘योगमाया सखी’ को रुपमा चिनाउन लागेकी हुन् ।
उनको पहिलो भागवत कथा वाचनसहितको महायज्ञ हुन लागेको छ । राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित महादेव मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि योगमाया सखी (जेरी) को वाचनमा महायज्ञ हुन लागेको आयोजकको भनाइ छ ।
महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि उनी नयाँ परिचयका साथ पहिलो पटक कथा वाचनमा जुटेको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij