Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट घटनाः मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट घटनाः मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो


  • 1.8K
    Shares

    नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट घटनाः मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो
    images

    काठमाडौं । नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको बताए ।

    मानिसहरू इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो । घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विष्फोट भएको बताइएको छ ।

    उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको सङ्ख्या ५५ जना रहेको बाबा–आराले बताए ।

    ‘नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,’ उनले भने ।

     

    प्रकाशित मिति :माघ ९ २०८१ बुधवार - ०७:३१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij