Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

इरानमा गायक आमिर टाटालूलाई मृत्युदण्डको सजाय

इरानमा गायक आमिर टाटालूलाई मृत्युदण्डको सजाय


  • 1.9K
    Shares

    इरानमा गायक आमिर टाटालूलाई मृत्युदण्डको सजाय
    images

    तेहरान । इरानको सर्वोच्च अदालतले गायक आमिर होसेन माध्सोउद्लू ऊर्फटाटालूलाई मृत्युदण्डको सजाय सुनाएको छ । ईशनिन्दा गरेको अभियोगमा गायकलाई सो सजाय सुनाइएको हो । 

    यसअघि अदालतले गायकलाई ५ वर्षको जेल सजाय दिएको थियो । तर अभियोजनकर्ताहरूले उक्त फैसलाको विरोध गर्दै दायर गरेको याचिका स्वीकार गरे पनि सर्वोच्च अदालतले यो फैसला सुनाएको हो ।

    टाटालूले पैगम्बर मोहम्मदको निन्दा गरेको अदालतले ठहर गरेको थियो । मुद्दालाई रि–ओपन गरेर उनलाई मृत्यु दण्ड दिइएको हो । तर यो फैसला अन्तिम भने होइन । 

    यसविरुद्ध अपिल गर्ने अधिकार टाटालूमाथि सुरक्षित छ । ३७ वर्षीय टाटालू सन् २०१८ देखि इस्तानबुलमा बस्दै आएका थिए । सन् २०२३ को डिसेम्बरमा टर्किश प्रहरीले टाटालूलाई इरानी अधिकारीलाई सुम्पिएका थिए । 

    वेश्यावृत्तिको प्रवर्द्धन गरेको अभियोगमा टाटालूलाई १० वर्षको जेल सजाय पनि दिइएको थियो । उनीमाथि इरानी सरकारविरुद्ध प्रोपोगान्डा चलाएको र अश्लील सामाग्री प्रकाशित गरेको अभियोग पनि लगाइएको थियो । एजेन्सी

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - १२:०८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij