Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पुस २९ गतेपछि नियुक्ति हुने शिक्षकले मात्रै योगदानमा आधारित पेन्सन पाउने

पुस २९ गतेपछि नियुक्ति हुने शिक्षकले मात्रै योगदानमा आधारित पेन्सन पाउने


  • 2.8K
    Shares

    पुस २९ गतेपछि नियुक्ति हुने शिक्षकले मात्रै योगदानमा आधारित पेन्सन पाउने
    images

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको हकमा योगदानमा आधारित पेन्सन योजना ऐन बनेपछिकाे हक मात्रै कार्यान्वयनमा आउने बताएकी छन् । तत्काल योगदानमा आधारित पेन्सन योजना लागू गरे आन्दोलन गर्ने चेतावनी शिक्षकहरूले दिइरहेका बेला मन्त्री भट्टराईले सरकारले अध्यादेश मार्फत संशोधन गरेको मितिदेखि मात्रै कार्यान्वयनमा आएको बताएकी हुन् ।

    पुस २६ गते बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेशमार्फत निवृत्तिभरण काेष ऐनमा "शिक्षक सेवा" थप गरेको थियो । सरकारको सिफारिसमा पुस २९ गते मात्रै राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको मिति पुस २९ गतेदेखिको हकमा मात्रै कार्यान्वयनमा आएको प्रष्ट पारेकी हुन् ।

    अध्यायदेशमार्फ शिक्षकहरूलाई योगदानमा आधारित पेन्सन योजनामा समावेश गर्न खोजेको भन्दै शिक्षकहरूले आन्दोलनको चेतावनी दिएका थिए । सरकारले अध्यादेश मार्फत थप गरेकोमा आम शिक्षकहरूले स्पष्टता खोजिरहेको बताउँदै मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐन बनेपछि मात्रै कार्यान्वयनमा आउने प्रष्ट पारेकी हुन् ।

    ऐन बनेपछि मात्र लागु हुने सिद्धान्त अनुरूप नै यो दफा कार्यान्वयन हुने उनको भनाइ छ । २०८१ पुस २९ देखि मात्र शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश भएको मानिने उनको भनाइ छ । 

    s_l1IZHUszsY.jpg

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - ०७:२६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij