२०८२ भाद्र ९ गते सोमवार
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको विनियमदर घटबढ् भएको छैन। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij