Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकामा बन्द भयो टिकटक

अमेरिकामा बन्द भयो टिकटक


  • 1.5K
    Shares

    अमेरिकामा बन्द  भयो टिकटक
    images

    काठमाडौं । अमेरिकामा माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द भएको छ । 

    टिकटकमाथि लगाइएको प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघिबाटै अमेरिकामा टिकटक चल्न छाडेको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा यतिबेला ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश प्राप्त गरिरहेका छन् ।

    जसको कारणमा अमेरिकी कानूनले लगाएको प्रतिबन्ध उल्लेख छ ।

    बिबिसी समाचारका अनुसार, धेरै प्रयोगकर्ताहरूले टिकटक एप स्टोरबाटै हटाइएको र भिडियोहरू टिकटक डटकममा पनि नभेटिएको बताएका छन् ।

    टिकटकले भने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएपछि समस्या समाधान गर्ने संकेत गरेको जनाएको छ ।

    ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका छन्।

    शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला दिएपछि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढेको हो ।

    त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको छ।

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - ११:३८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij