२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपीएलए– आईओ)बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । ‘बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु,’ उनले भने । लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उनले उल्लेख गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij