Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल खुला विश्वविद्यालयमा सूचना प्रविधि पढाइ सुरु

नेपाल खुला विश्वविद्यालयमा सूचना प्रविधि पढाइ सुरु


  • 2.5K
    Shares

    नेपाल खुला विश्वविद्यालयमा सूचना प्रविधि पढाइ सुरु

    काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा सूचना प्रविधि विषयको पढाइ सुरू भएको छ ।

    विश्वविद्यालयको विज्ञान, स्वास्थ तथा प्रविधि संकाय अन्तर्गत एमआईटी कार्यक्रम सुरू भएको हो । जसमा डेटा साइन्स र साइबर सुरक्षामा विशेषज्ञता हासिल गर्न सकिने कार्यक्रम संयोजक सत्यराम सुवालले जानकारी दिए ।

    सुवालका अनुसार दुई वर्ष, चार सेमेस्टरको उक्त कार्यक्रममा भर्ना हुन सूचना वा प्रविधि विषयमा स्नातक वा सो सरह उतिर्ण गरेको हुनुपर्छ । उक्त कार्यक्रमको एउटा ब्याचमा ५० विद्यार्थीमात्र पढ्न पाउने छन् ।

    उनका अनुसार राति अनलाइनबाट कक्षा सञ्चालन हुनेछ । बिहान र दिउँसोको समयमा जागिर तथा आफ्नो पेसा व्यवसाय गरेर बेलुकाको फुर्सदको समयमा संसारको जुनसुकै स्थानमा रहेर पनि पढ्न सकिने व्यवस्था मिलाइएको छ ।

    प्रकाशित मिति :माघ २ २०८१ बुधवार - २१:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij