Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

क्यालिफोर्नियामा बुधवारसम्ममा भीषण आगलागीको खतरा

क्यालिफोर्नियामा बुधवारसम्ममा भीषण आगलागीको खतरा


  • 1.7K
    Shares

    क्यालिफोर्नियामा बुधवारसम्ममा भीषण आगलागीको  खतरा
    images

    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा जङ्गलमा लागेको डढेलो मत्थर हुने कुनै सङ्केत छैन । डढेलो सुरु भएको एक हप्ता भन्दा बढी भइसकेको छ । यस्तोमा नयाँ क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढेको छ । 

    लस एन्जलस वरपरको दक्षिण–पश्चिमी क्यालिफोर्नियाको ठुलो भाग बुधवारसम्ममा भीषण आगलागीको खतरामा रहेको समाचार एजेन्सी एपीले एउटा समाचारमा भनेको छ ।

    अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार राति लस एन्जलसमा ४५ देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । यो हुरी मंगलबार १२० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने बताइएको छ । यसले अन्य क्षेत्रमा डढेलो भड्काउन सक्ने बताइएको छ । लस एञ्जलको जङ्गलमा फैलिएको डढेलो बस्तीमा पस्दा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।

    डढेलो जनवरी ७ मा देखि सुरु भएको थियो । एक हप्ता बितिसक्दा पनि यो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्षेत्रहरूको भ्रमण गर्न सक्नेछन् । रोयटर्सका अनुसार लस एन्जलसको डढेलोमा अहिलेसम्म १ खर्ब ३५ अर्ब देखि १ खर्ब ५० अर्ब डलरसम्मको क्षति भएको छ ।

     

    प्रकाशित मिति :माघ १ २०८१ मंगलवार - १२:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij