Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कामना सेवा बैंकको ऋणपत्र प्रत्याभूतीकर्ता नागरिक लगानी कोष

कामना सेवा बैंकको ऋणपत्र प्रत्याभूतीकर्ता नागरिक लगानी कोष


  • 8.9K
    Shares

    कामना सेवा बैंकको ऋणपत्र प्रत्याभूतीकर्ता नागरिक लगानी कोष

    काठमडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनको प्रत्याभूतकर्ता चयन गरेको छ । बैंकले नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता चयन गरेको हो ।

    ऋणपत्र प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा विकास बैंकले निष्काशन गर्ने ऋणपत्र पूर्ण बिक्रि नभएमा बिक्रि नभएको ऋणपत्र नागरिक लगानी कोषले खरिद गर्ने छ । 

    यसै साथ नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । 

    बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिइसकेको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो । बैंकले १ हजार अंकित दरका १० लाख  कित्ता बराबरको १ अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो ।

    जस मध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९.५ % ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक चयन गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ । 

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij