Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक राेजगारी

ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा

ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा


  • 1.5K
    Shares

    ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार अब झण्डै ५५ हजार रुपैयाँ भाडामै जान पाउने भएका छन् ।

    वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले हवाई टिकटका लागि युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा. लि.को प्रस्ताव स्वीकृति गरेको छ ।

     प्रस्ताव स्वीकृत भएसँगै उसले अब ५४ हजार ९९१ रुपैयाँमा हवाई टिकट उपलब्ध गराउने छ । जुन भ्याटसहितको रकम हो । उक्त कम्पनीले  भ्याट बाहेक ४८ हजार ६४५ रुपैयाँको प्रस्ताव हालेको थियो । यसअघि एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको थियो ।

    अब उक्त कम्पनीसँग सम्झौता भएपछि उक्त रकममा हवाई टिकट उपलब्ध गराउने ईपीएस कोरिया शाखाले जनाएको छ । अब ट्रान्जिट राखेर कामदारलाई कोरिया लैजानेछ । यसअघि सिधा हवाई उडानमार्फत कामदार लैजाने गरिएको थियो ।

    कोरोना महामारीपछि कोरियाले सिधा उडानमार्फत मात्रै नेपाली कामदार लैजाने सर्त राखेको थियो । त्यसपछि ईपीएस मार्फत कोरिया जाने कामदारले डेढ लाख रूपैयाँसम्म हवाई भाडा तिर्दै आएका थिए । त्यसपछि सरकारको पहलमा केही भाडा घटाएर एक लाख २३ हजारमा झारिएको थियो ।

    विगत केही वर्षदेखि नै उक्त ट्राभल्सले कोरियाको हवाई टिकट काट्दै आएका छ । इपीएस कोरिया शाखाले गत १३ कात्तिकमा हवाई टिकटका लागि बोलपत्र आह्वान गरेको थियो । 

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १४:०६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij