Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अमेरिकी डलरको विनियमदर आज पनि उच्च, कुन मुद्राको भाउ कति ?

अमेरिकी डलरको विनियमदर आज पनि उच्च, कुन मुद्राको भाउ कति ?


  • 1.4K
    Shares

    • images
    अमेरिकी डलरको विनियमदर आज पनि उच्च, कुन मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। त्यसैगरी आज कुवेती दिनारको मूल्य पनि उच्च नै छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ। 

    अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो  पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा छ। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा छ। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा छ। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2024-12-29_050555_O8BzkF5EB5.png

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - ०६:५७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij