Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखाका ८ स्थानिय तहमा ८५ शैय्याको अस्पताल निर्माण हुने, आज हुदैछ शिलान्यास

गोरखाका ८ स्थानिय तहमा ८५ शैय्याको अस्पताल निर्माण हुने, आज हुदैछ शिलान्यास


  • 7.2K
    Shares

    गोरखाका ८ स्थानिय तहमा ८५ शैय्याको अस्पताल निर्माण हुने, आज हुदैछ शिलान्यास

    गोरखा । गोरखा जिल्लाको ८ स्थानिय तहमा अस्पताल निर्माण हुनेभएको छ । अजिरकोट, चुमनुब्री, धार्चे, भीमसेन थापा, आरुघाट, शहिदलखन, सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा बन्ने अस्पतालको आज शिलान्यास हुन लागेको हो ।

    सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल २ वर्षभित्र अस्पताल बनाइसक्ने सरकारको लक्ष्य छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा आज एकैदिनमा अस्पताल निर्माणको शिलान्यास गर्न लागेको छ ।

    ५, १० र १५ शैय्याको आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।

    यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।

    जिल्लाका ८ स्थानीय तहमा ५, १० र १५ शैयाका लागि मनत्रालयबाट बजेटसमेत आइसकेको छ । जिल्लाका ४ स्थानीय तहमा १५, १ स्थानीय तहमा १० र ३ तहमा ५ शैय्याका अस्पताल निर्माण हुने भएको छ ।

    १५ शैय्याका लागि बारपाक-सुलिकोटको गाउँपालिकाले तोकेको स्वास्थ्य चौकी, आरूघाटको आरूचनौटे, सिरानचोकको जौवारी र शहिद लखन गाउँपालिकाको  घैरूङ र भिमसेनथापाको अश्राङ स्वास्थ्य चौकीमा १० शैय्याको अस्पताल निर्माण हुने भएको छ । अजिरकोटको भच्चेक, धार्चेको माछिखोला र चुमनुव्रीको सिदिबास स्वास्थ्य चौकीमा ५ शैय्याको अस्पताल निर्माण हुने भएको छ ।

    ५ शैय्या अस्पतालका लागि ७ करोड ११ लाख ९८ हजार, १० शैय्याको लागि १० करोड ८३ लाख ३६ हजार र १५ शैय्याका लागि १८ करोड ६८ लाख बजेट हरेक स्थानीय तहलाइ दिएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १२:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij