Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पाँच महिनामा १५० भन्दा बढीको मृत्यु

यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु

यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु


  • 1.2K
    Shares

    यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु

    काठमाडौं । बितेको पाँच महिनामा यूएईमा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) मा यति धेरै कामदारहरूको मृत्यु भएको हो ।

    दूतावासले सार्वजनिक गरेको विवरणानुसार, ०८१ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा यूएईमा १५४ नेपालीको मृत्यु भएको छ ।

    जसमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५ र मंसिरमा २४ नेपालीको मृत्यु भएको दूतावासको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

    गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष त्यहाँ प्रत्येक महिना औसतमा १९ भन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

    मृत्युका कारण सडक, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत छन् ।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - १४:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij