२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ पञ्चेबाजा गीत ‘दुलाहा राजा मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक मेक्सम खाती क्षेत्री र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सो गीतमा नरेश खातिको संगीत रहेको छ । गीतलाई नरेश मेक्समको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतमा शंकर बिसी र रिना थापा मगरको दमदार अभिनय रहेको छ ।
उक्त गीतलाई मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन, दुर्गा पौडेलको छायाँकन र नबिन घर्ती मगरलको सम्पादन रहेको छ । सो गीतको भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आएको नरेशले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij