२०८२ माघ ७ गते बुधवार
काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताको आलोचनामा परेपछि उनीहरूले गतसाता टिकटक डिएक्टिभ गरेका थिए।
टिकटक डिएक्टिभ गरेपछि इन्ट्राग्राममार्फत उनीहरूले आफूहरूमाथि साइबर बुलिङ भएपछि केही समयका लागि टिकटकबाट ब्रेक लिएको बताएका थिए।
टिकटकमा फर्किएसँगै उनीहरूले भिडिओ समेत पोस्ट गरेका छन्। त्यस्तै उनीहरू लाइभ समेत आएका थिए।
पछिल्लो समय आयुष आफ्नी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर आलोचित बनेका थिए। सोही कुरालाई लिएर नकारात्मक कमेन्ट आउन थालेपछि आयुष र एलिजे दुवैले टिकटक डिएक्टिभ गरेका थिए।
एलिजेलाई टिकटकमा २३ लाखले पछ्याएका छन् भने आयुषका १३ लाख फलोअर्स छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij