Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज पहिलो खेल पोखरा र सुदुरपश्चिम बिच हुने

आज पहिलो खेल पोखरा र सुदुरपश्चिम बिच हुने


  • 1.7K
    Shares

    आज पहिलो खेल  पोखरा र सुदुरपश्चिम बिच हुने
    images

    आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसौं र तेइसौं खेल हुदैँछ ।

    आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

    त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ ।

    आज हुने पहिलो खेलमा पोखरा एभन्जेर्सबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन भने सुदुरपश्चिम रोयल्सवाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन । पोखरा भने प्ले अफबाट बाहिरिएको टिम हो ।

    एनपीएल अघिल्लो शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

    पोखरा एभेन्जर्स

    कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।

    सुदूरपश्चिम रोयल्स 


    दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)। 

    प्रकाशित मिति :मंसिर ३० २०८१ आइतवार - ०७:३५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij