२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो।
बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij