Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुल्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुल्यो


  • 2.1K
    Shares

    • images
    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुल्यो
    images

    काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका निम्ति आवेदन दिनुपर्नेछ । अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

    नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रोलाइफलाई आवेदन दिएको साढे दुई महिनामै आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न गएको शुक्रबार (मंसिर ७) गते अनुमति दिएको हो ।

    कम्पनीलाई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् अंकित मूल्य १०० रुपैयाँका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको थियो ।

    यो कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा १४ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।

    प्रकाशित मिति :मंसिर १९ २०८१ बुधवार - ०७:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij